रौतहट, ११ फाल्गुन । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ३ मत्सरी टोलमा बस्ने राजकुमार पण्डितले आफनो बुवाको हत्या गरेको पुष्टि भएको छ ।


माघ २७ गते राति दिन ३ बजेको क्रममा ७० बर्षिय वृद्ध फेकन पण्डित कुम्हाललाई आफनै छोराले हत्या गरेको प्रमाणित भएको छ । जिल्ला प्रहरी कार्यालय गौर, रौतहटले आज आईतबार पत्रकार सम्मेलन गरी माघ २८ गतेका दिन राति विहान करिव ३ बजेको समयमा गोठमा सुतिरहेका ७० बर्षीय फेकन पण्डित कुम्हारलाई उनकै आफनो माईलो २५ बर्षिय छोरा राजकुमार पण्डित कुम्हारले हथौडा र धारिलो हतियार प्रहार गरेर विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानबाट बाहिर आएको प्रहरी उपरिक्षक रबीराज खड्काले पत्रकार सम्मेलन मार्फ जानकारी गराएका छन ।

मृतक शव रहेको अवस्थामा माघ २८ गते विहान ६ बजेको समयमा स्थानीय र निजको हत्या अभियुक्त छोरा राजकुमारले घटनाको बारेमा स्थानीय इलाका प्रहरी कार्यालय गंगापिपरामा जानकारी गराएको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक खडका सहित प्रहरी अनुसन्धान टोली र तालिम प्राप्त कुकुर सहित घटना स्थलमा पुगी गम्भिर अनुसन्धान कार्य भईरहेको क्रममा पण्डितको छोरा राज कुमार पण्डितकै मात्रै संलग्नता रहेपनि निरन्तर रुपमा अनुसन्धान एवं सोधपुछ गर्दै जाँदा पिडक राजकुमारले आफनो अपराध स्वीकार गरेको प्रहरी उपरिक्षक खड्काले पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गरेका छन ।

माघ २६ गते ८ बजेको समयमा खाना खाएर फेकन गोठमा सुत्न गएको र राजकुमार ३ जना छोरा सहित श्रीमती घरमै सुतेको तर विहान ३ बजेको समयमा श्रीमतीलाई ओछ्यानमा नहेर्दा खोज्दै गोठमा पुग्दा त्यहा बसेको देखेपछि रिस थाम्न नसकी गोठमै रहेका घरेलु हतियार प्रहार गरेर वावुको हत्या गरेका थिए । छोरा राजकुमारले श्रीमतीलाई बावुको ओछ्यानमा हेर्दा रिसको आवेशमा आएर टाउकोमा हथौडाले ४÷५ पटक अन्धाधुन्ध प्रहार गर्नुका साथै धारिलो घाँस काट्ने गडासीले अनुहारमा ४÷५ पटक हिर्काएर हत्या गरेको थियो । हत्या गरेपछि घरमा आएर लुगा चञ्ज गरे । श्रीमतीलाई कसैलाई नभन्नु भनेका थिए ।

घटना पछि पिडक राजकुमार र उनको श्रीमती सहित अन्य ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको सत्यता बाहिरीयो अभियुक्त अपराध स्वीकार गर । पिडिकको श्रीमती फागुन ७ गते जिल्ला प्रहरी कार्यालय श्रीमान विरुद्ध दिएको किटानी जाहेरीको आधारमा मुलुकी अपराध संहिता २०७४ को ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट फागुन ८ गते ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको एसपी खड्काले भने ।

अभियुक्तको ५ बर्ष, साढे तिन बर्ष र २ बर्षको छोरा रहेको छ उनी गंगापिपरा बजारमा किराना पसल थापेर व्यवसाय संचालन गर्दै आईरहेको र श्रीमतीको चालचलन राम्रो नरहेको सुनेको र आफनै आखाँबाट हेरेपछि घटना रिस थाम्न नसकेर बाउको हत्या गरेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here