शरद रेग्मी, तुलसिपुर चैत ९ ।  बिश्वभरिनै महामारिका रुपमा फैलिएको कोभिड १९ को सक्रमणको समयमा बजारमा कालोबजारि र दैनिक उपभोग्य सामाग्रिहरुको अभाब हुन नदिन तुलसिपुर उधोग बाणिज्य सघं आफै एक्सनमा उत्रिएको छ ।
यति मात्रैहैन सरकारि निकायबाट एक रुपैया पनि आर्थिक सहयोग प्राप्त नगरेको निर्माणाधिन बहुआयामिक सभाहल आबश्यक परेको खण्डमा क्वारेण्टाईन स्थापना गर्न दिने समेत निर्णय भएको छ ।
सघले स्थानिय सरकार सगंको सहकार्यमा आबश्यक पर्ने उपकरण प्राप्त भए स्थानका लागि सभाहल प्रदान गर्न तयार रहेको समेत जनाएको छ ।
तुलसिपुर उधोग बाणिज्य सघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कोरोना सगं जुध्न सतर्कता अपनाउने देखि एक लख बढिको राहत कोष स्थापना गर्ने र दैनिक खाधान्न आपुर्ति गर्न हेल्प डेष्क स्थापना गर्ने सम्मको निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here