विराटनगर, १० चैत । विश्व व्यापी महामारीको रुपमा तेज गतिमा फैलिरहेको नोवेल कोरोना भाईरस रोगबाट हजारौ मान्छेको संसार भरिमा मृत्यु भईरहेको हुनाले प्रदेश नं १ विराटनगरका युवा नेता एवं सामाजिक अभियन्ताले आपलनो निजी स्कूलको होस्टल प्रदेश सरकारलाई कोरोना संक्रमितलाई उपचार गर्नका निति क्वारेन्टाईन बनाउनको लागि हस्तान्तरण गरेका छन ।

Image may contain: tree, house, plant, sky and outdoor
समाजवादी पार्टीका युवा नेता तथा समाजिक अभियन्ता बहुचर्चित राकेश रोशन यादवले कोरोना भाइरसको क्वारेन्टाइनका लागि प्रदेश सरकारलाई होस्टेल निःशुल्क हस्तान्तरण गरी हस्तान्तर समेता गरेका हुन । उनले कोरोना सङक्रमित वा शंकास्पद व्यक्तिको उपचारका लागी आवश्यक भौतिक पूर्वाधारलाई पुर्ति गर्न १६ वटा कोठे “हाम्रो नेपाल होस्टेल” निःशुल्क उपलब्ध गराएको बताए । उनले प्रदेश सरकारको कोरोना विरुद्धको लडाईमा आफ्नो दायित्व बोध गर्दै प्रदेशको बासिन्दा भएको नाताले भाईरसको सङक्रमण फैलिन नदिन क्वारेन्टाइन निर्माणका लागि होस्टेल हस्तान्तरण गर्ने घोषणा गरेको जानकारी दिए ।

Image may contain: 5 people, including Rakesh Roshan Yadav, beard
बिश्व अहिले संकटको ठूलो लडाई लडिरहेको क्रममा हामीले पनि आफनो ठाउँबाट सके सम्मको सहयोग एक अर्कालाई गर्नु नै मानवजातीको धर्म हो । धेरै शक्तिशालि देशहरुले कोरोनाको चपेटमा परि जनताको सुरक्षा गर्न विभिन्न प्रकारको अभियान र जनचेतना मुलक कार्यक्रम संचालन गरेको छ । त्यसैले नेपाल सानो र गरिब मुल्क भएको हुनाले नोबेल कोरोना भाईरस रोगको लडाईमा सरकारको प्रत्येक निर्णयमा साथ दिनु नै हाम्रो दायित्वलाई बोध गर्दै आफनो होस्टल सरकारलाई केही दिनका लागि हस्तान्तरण् गरेको युवा नेता यादवले बताएका हुन ।

No photo description available.
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङक्रमणबाट हाल विश्व नै आतङकित भएको छ । नेपाल पनि उच्च जोखिमको सूचीमा रहेको हुँदा प्रदेश सरकारको पुर्वतयारीमा सघाउ र्पुयाउन यादवको यस योगदानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here