रंजित चौरसिया, वीरगंज १० चैत्र। संघीय सांसद प्रदिप यादवले कोरोना संक्रमण न्युनीकरण तथा रोकथामका लागी सरकारले स्थापना गरेको केन्द्रीय कोषमा आफनो एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन ।
समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य सांसद यादवले विश्व भरी नै महामारीको रूपमा फैलिरहेको कोभिड-१९ कोरोना भाईरसबाट विश्व नै आतंकीत भईरहेको बेला नेपालमा यसको प्रभाव हुन नदिन सरकारले चालेको कदमको प्रशंसा गर्दै हामी सरकारको साथमा रहेको बताउदै सरकारले स्थापना गरेको केन्द्रीय कोषमा आफनो एक महिनाको तलब जमा गर्ने प्रेस विज्ञप्ति जारी गर्दै घोषणा गरेको हुन ।
साथै सबै सांसदहरूलाई पनी अनुरोध गर्दै सरकारले खड़ा गरेको कोरोना बिरूद्ध लड़न केन्द्रिय कोषमा आफनो एक -एक महिनाको परिश्रमिक जमा गर्न आग्रह समेत गर्नु भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरकोभिड १९ को महामारीका रोकथामका लागि चिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्न ५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here