काठमाडौं । अपुष्ट तथा भ्रामक समाचार प्रवाह गरेको भन्दै प्रेस काउन्सिल नेपालले १७ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । जनस्वास्थ्यसम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारबाही गरेको हो ।

अनलाइन, टिभी र पत्रिका गरी काउन्सिलले ती मिडियालाई कारबाही गरेको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो । पत्रकार आचारसंहिताविपरीत ती सामग्री हटाउन निर्देशनसमेत दिएको उहाँको भनाइ छ ।

कारबाहीमा परेका सञ्चारमाध्यमहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । यस्तै, दर्ता नभई सञ्चालित ७ वटा अनलाइनको प्रसारण नेपालभरि हेर्नै नमिल्ने गरी बन्द गरिएको बताइएको छ ।

प्रेस काउन्सिलले हिजो कोरोना भाइरस संक्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि ९ बुँदे निर्देशिका समेत जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here