वीरगंज, चैत १२ गते ।
कोरोना संक्रमण फैलिनसक्ने सरकारले लकडाउन गरेको बेला ५२ जना यात्रु लुकेर काठमाडौँबाट वीरगंज आएका छन् ।

सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । लकडाउन उल्लंघन गर्दै उनीहरु काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु चढेका थिए । उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here