epa08161743 A picture released by Xinhua News Agency shows medical staff working in the Intensive Care Unit (ICU) of Zhongnan Hospital of Wuhan University in Wuhan, Hubei Province, China, 24 January 2020 (issued 25 January 2020). On 25 January, the National Health Commission of China confirmed the death toll from the Wuhan coronavirus outbreak has risen to 41 with 1,287 cases of patients infected as of 24 January. EPA-EFE/XIONG QI / XINHUA MANDATORY CREDIT EDITORIAL USE ONLY/NO SALES

चितवन, चैत १२ । चितवनको भरतपुरस्थित कोरोना विशेष ((अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ ।

उनको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीसंगै अन्य शङ्कास्पद विरामीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचाररत अर्का एक र भरतपुर अस्पतालमा उपचाररत ८ जनाको पनि नतिजा नेगेटिभ आएको हो ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारीका अनुसार कोरोना अस्पतालका अन्य चार जनाको नमूना परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा पठाइएको छ ।

वीरगञ्ज–२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मङ्गलबार विहान ९ः३० बजे मृत्यु भएको थियो । अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्ष्ण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए । चितवन मेडिकल कलेजबाट कोभिड– १९ को आशङ्कामा उनलाई रिफर गरिएको थियो । उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here