काठमाडौं, १२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देश जारी गर्दै आम नेपाली जनतालाई घरमै बस्न आग्रह गरेका छन् । उनले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको जनाउँदै आम नेपाली जनतालाई घरमै बस्न आग्रह गरेका हुन् । बुधबार ट्विटरमा एक सन्देश जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।  विश्वभरि कोरोना भाइरसको संक्रमण बढिरहेको र महामारी फैलिरहेको अवस्थामा नेपालले रोकथाम तथा नियन्त्रणको लागि सरकारले हिजोबाट लगाएको लकडाउन पूर्ण पालना गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् । सरकारले जारी गरेको लकडाउनबारे अर्को सूचना नआएसम्म पूर्ण पालना गर्न उनको आग्रह छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here