काठमाडौं, १२ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बसेर सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गरेकी हुन् । बुधबार अपरान्ह एक सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेकी हुन् ।

उनले जारी गरेको सन्देशमा भनिएको छ,‘यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरुले जारी गरेका निर्देशन एवं आचारसंहिताहरु पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आह्वान गर्न चाहन्छु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here