जनकपुरधाम, चैत १३ गते । भारतमा समेत कोरोना संक्रमणको संख्या तिब्र रुपमा बढ्दै गएको छ । बुधवाररातिसम्म मात्र छिमेकी मुलुक भारतमा ६ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भारतमा हरेक घण्टा कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा बढ्दै गएको हो । भारतीय संचारमाध्यमका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ भने संक्रमित अझैको अवस्था गम्भीर छ ।
भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र र केरल प्रभावित भएका छन्। महाराष्ट्रमा हालसम्म ११२ जना र केरलमा १०५ जना संक्रमित भएका छन्।

राजधानी दिल्लीमा एक चिकित्सक पनि कोरोना पोजेटिभ भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिल्ली सरकारको कार्यक्रम मोहल्ला क्लिनिकका चिकित्सक पोजेटिभ भेटिएपछि उनीसँग स्वास्थ्य परीक्षण गराएका विरामीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जनाइएको छ।

भारतमा लगातार कोरोना पोजेटिभको संख्या बढेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेदेखि भारतभर २१ दिनका लागि लकडाउन लागू गरेका छन्। त्यसअघि जनना कर्फ्यू लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here