जनकपुरधाम चैत १४ गते । तिव्रगतिमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट छिमेकी देश भारतमा एकै दिन आठ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २० पुगेको हो ।

भारतमा अहिलेसम्म सात सय २७ जना संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना संक्रमण फैलिन नदिन भारत सरकारले चैत १२ गतेदेखि भारतमा २१ दिनको लागि लकडाउन गरेको छ ।

अर्को छिमेकी देश चीनमा भने गएको २४ घन्टामा ५ जनाले ज्यान गुमाएका छन् ।टुडेपाटी-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here