यूनिक यादव कलैया, चैत १४ गते । ईलका प्रहरी कार्यालय प्रसौनीले वडा सदस्य गोमती देवीद्रारा संचालिक रक्सी भट्टीमा छापामारी गर्दै उनको श्रीमान सहित ११ जनालाई पक्राउ परेको छ ।


नेपाल सरकाले कोरोना भाईरसबाट देशलाई संक्रमित हुन नदिने लक्ष्यका साथ विभिन्न सुचना मात्र जानकारी गराई लगाएको लकडाउनलाई उलंघन गरी रक्सी बिक्री वितरण गर्दै रहेको होटेल व्यवसायसी र खादै गरेका व्यक्ति गरि ११ जनालाई आज ईलाका प्रहरी कार्यालय पर्सौनीबाट सुरक्षमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय पर्सौनीका कार्यालय प्रमुख प्रहरी निरीक्षक ओम यादवको नेतृत्वमा आज देशभरि चौथो दिनको लकडाउनलाई मध्य नजर गरी बिहान देखि सवारीसाधन चलन नसकेपनि पैदल यात्रीहरुको आवतजावत धेरै न्यून मात्रामा मात्र देखिएको निरीक्षक यादवले बताए ।

साझपख विभिन्न खाद्यान्न र तरकारी पसलहरुमा बजारको अवस्था बारे बुझन सुरक्षामा खटिएको प्रहरीहरुलाई सुचनाको आधारमा केही रक्सी भट्टीहरुमा मदिरा बिक्री वितरण तथा रक्सी प्रयोग गर्दै रहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिइएको छ भने उनिहरुलाई थप कार्वाहीको लागि प्रहरी कार्यालय बारामा पठाईएको समेत निरीक्षक यादवले बताएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here