एजेन्सी १६ चैत : टाटा ट्रष्टका प्रमुख रतन टाटाले भारतमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्। टाटाले पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा शनिवार गरेका हुन् ।

टाटा ट्रष्टका तर्फबाट जारी गरेको वक्तव्यमा भनिएको छ, ‘भारत र विश्वभरमा अहिलेको अवस्था चिन्ताजनक छ, कोभिड–१९ सँग लड्नको लागि तुरुन्त आपतकालिन सहयताको आवश्यकता देखिएको छ।’

उनले अगाडि भनेका छन्, ‘टाटा ट्रष्टका तर्फबाट सबै समुदायलाई सशक्त र सुरक्षित गर्ने आफ्नो प्रतिज्ञा दोहोर्‍याउन चाहन्छु र पाँच अर्ब रुपैयाँ सहयोगका वाचा गर्छु।’ सहयोगको रकम अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, चकित्सक, टेस्टिङ कट्स लगायतमा खर्च हुनेछ।

शनिबार मात्र १ सय ४९ जनामा कोरोनाको संक्रमण देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा आइतबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ भने ९ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here