रौतहट, २१ चैत। ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले मावि औरैया अवस्थित क्वारेन्टाइनको अनुगमन गरेको छ ।

Image may contain: one or more people and bedroom
नेपाल—भारत तथा अन्य ठाउँबाट आएका ४० जना नागरिकको स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो । प्रमुख प्रशासकीय नन्दकिशोर गुप्ताले अनुमगन गर्दै कोरना भाइरसले विश्वभर महामारीको रुपमा सताइरहेकाले यसको रोकथामका लागि आफै सजग हुनु उत्तम उपाय रहेको बताउनुभयो । उहाँले १४ दिन सम्म क्वारेन्टाइनमा सजग भएर एक अर्का संग नछोइकन बस्ने, सरसफाईमा ध्यान दिन र भाइरस सङ्क्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्य संयोजक इसराजुल खा, सहसंयोजक शशिविन्द प्रसाद पटेल तथा स्वास्थ्यकर्मी रामान्द साहले क्वारेन्टाइनमा राखेका नागरिकको अवस्था सामान्य रहेको बताउँदै उनीहरुलाई कोरना भाइरसबारे बच्ने उपायका सन्दर्भका सचेत गराउनुभएको छ । ईशनाथ नगरपालिका वडा नं.३ का वडाध्यक्ष रामकैलाश राउतले ४० जनालाई क्वारेन्टाइनमा ल्याएर राखिएको र उनीहरुको लागि खानाको प्रबन्ध नगरपालिकाकाले गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here