रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरेका कारण समस्यामा परेका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविका धान्दै आएका परिवारलाई देवाही गोनाही नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ ।

Image may contain: one or more people, people standing, outdoor and nature

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल तथा उपप्रमुख परनिया देवि पटेलले संयुक्त रुपमा देवाही गोनाही नगरपालिका वड नं. २ लक्ष्मीनिंयाको मुसहर बस्तीमा रहेको १२० घरपरिवारलाई शनिबार खाद्यान्न वितरण गरेका हुन् ।

Image may contain: one or more people, people standing, outdoor and nature

नगर प्रमुख पटेलले प्रति परिवार २५ किलो चावल, ३ किलो दाल, १ लिटर खाने तेल, हर्दी २०० ग्राम र २ किलो नुन लगायतका खाद्य सामग्री वितरण गरेको नगर प्रमुखका स्वकीय सचीव अशोक पटेलले बताए ।

Image may contain: 1 person, standing, child, outdoor and nature

लकडाउनको समयमा अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारीहरु भोकै बस्न नपरोस भन्ने हिसाबले सो खाद्यान्न बितरण गरिएको नगर प्रमुख पटेलले बताए ।

Image may contain: one or more people, people standing, child, hat, outdoor and nature

सो वितरणमा देवाही गोनाही नगरपालिकाका वडा अध्यक्षहरु, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्सपेक्टर मेदनी साह, शस्त्र प्रहरी बल बेस क्याम्प देवाहीका इन्सपेक्टर संतोष थापा लगायतको रोहवरमा खाद्यान्न वितरण गरिएको छ ।

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people, people dancing, people standing and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here