युनिक यादव, बारा चैत २९ गते । कलैया उपमहानगरपालिका अन्तर्गत रहेको वडाहरूले वितरण गरिरहेको राहतमा मेरो नाम मुछिएर विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति आफनो गम्भीर ध्यानाकर्षण भएको छ ।

लकडाउनको समयमा कलैया उपमहानगरपालिकाको कार्यपालिकाको बैठकबाट २७ वटै वडाका वडा अध्यक्षहरूले आ-अाफनो वडाको बजेटबाट खाद्यान्न सामाग्री खरिद गरि राहत वितरण गर्न निर्णय भएको र सोही अनुसार वडा अध्यक्षहरूले चामल, नुन, खानेतेल, अालु, दाल अा-अाफनो पायक पर्ने ठाउँबाट खरिद गरि राहत वितरण भईरहेकोमा केही सञ्चार माध्यममा हुँदै नभएको कुराहरूलाई समेटेर समाचार प्रसारण, प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । केही व्यक्तिहरुले आफ्नो राजनीतिक प्रतिशोधले प्रेरित भई सामाजिक संजालमा मेरो अर्थात कलैया उपमहानगरपालिकाको नगर प्रमुखको नाम जोडेर भ्रामक सूचना लेखेकोमा समेत म आपत्ति प्रकट गर्दछु ।

केही वडामा गुणस्तरहीन राहत वितरण भएको गुनासो आएपछि राहतको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराई छानबिन भईरहेको जानकारी गरांउदछु । जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले छानबिन गरिरहेकै अवस्थामा यादव कोल्ड स्टोर र मेरो नाम मुछिएर भ्रामक समाचार आएकोमा त्यसको खण्डन गर्न चाहन्छु ।यादव कोल्ड स्टोर मेरो नाममा दर्ता नभएको र उपमहानगरपालिका स्तरबाट जाँचबुझगर्दा धनलक्ष्मी दाल मिल वीरगन्ज उद्योगका सञ्चालक तेजकरण शर्माले अाफनो मुन्सी गोल्डेन सिंहलाई पठाई कोल्ड स्टोरमा अरहरको दाल भाडामा भण्डारण गरेको र भणडारण गरेको स्थानबाट विक्रि वितरण गरेतापनि केही संचार माध्यमले सत्यतथ्य नबुझीकन नै मेरो नाम जोडेर समाचार प्रकाशन, प्रसारण गर्नु निन्दनीय कार्य हो । तसर्थ जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले गुणस्तरहीन सामग्री बारे छानबिन गरिरहेको र परिणाम आएपछि दोषी कार्बाहीको भागीदार बन्ने नै छन ।

आफू सधै कलैया नगर र यहाँका जनताको बिकासप्रती कटिबद्ध रहँदै आएको र भविष्यमा समेत कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । अत: सत्य तथ्य बुझेर समाचार प्रकाशन, प्रसारण गर्न हुन सम्पुर्ण सञ्चारकर्मी ज्युहरुलाई आग्रह गर्द्छु ।साथै विभिन्न राजनीतिक दलप्रती आस्था राख्ने मित्रहरुलाई मुलुकको यस्तो संकटपुर्ण अवस्थामा राजनैतिक प्रतिशोध नराखी उपमहानगरका जनताको हितमा हातेमालो गरेर लाग्न कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव ले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here