रौतहट, १६ वैशाख । रौतहटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देवाही गोनाही वडा नं १ करुनिया टोलका ३५ वर्षीय र अर्का बृन्दावन नगरपालिकाको वडा नं ९ भुषहा टोलमा बस्ने २५ बर्षीय पुरुष समेतमा संक्रमण पुष्टि भएको छ ।

भारतको मुम्बईमा बैग सिलाई कार्य गर्दै आएको कोरोना भाईरसले दिल्ली पुगेको थिए । दिल्लीबाट बैशाख ४ गते आफनो घर आएको र ६ गते देखि उहाँलाई देवाही गोनाही नगरपालिकाको वडा नं ६ स्थित श्री जयकिसान पोलिटेक्निक ईन्स्टिच्युट धरहरीमा बनाएको क्वारेन्टाइनमा राखिएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको छ । उहाँ रोजगारीको सिलशिलामा भारतको कोलकतामा काम गदै आईरहेको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामबाबु शाहले जानकारी दिनभुयो ।

उहाँका अनुसार प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुवै संक्रमितको कन्ट्याक ट्रेसिङ्ग गरिने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here