रौतहट, २२ गते बैशाख । प्रभु बैंक लिमिटेड गौर, रौतहट शाखा द्धारा जिल्ला अस्पताल गौरलाई स्वास्थकर्मीहरुको लागि नियमित प्रयोग हुने स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।


स्वास्थ क्षेत्रमा खटिरहेका स्वास्थकर्मीलाई पनि सुरक्षाको अति आवश्यक भएको हुनाले उहाँहरुको मनोबल र हौसला बढाइदिनको निमिते प्रभु बैंकले आफनो संस्थागत सामाजिक उरदायित्व निर्वाह गर्दै स्वास्थ सामाग्री रौतहट जिल्ला अस्पतालको लागि पठाएको छ ।


कोभिड १९ नोबेल कोरोना भाईरसले पुरै विश्वस्तरमा मानव जीवनलाई उच्च खतरा पुर्याउदै तिब्रगतिमा फैलिएको महामारी कोरोना संक्रमणको अवस्थालाई मध्यनगर गर्दै प्रभु बैंक लिमिटेड गौर शाखाले आफनो ज्यानको ख्याल नगरी दिनरात जनता र देशको बचाउन तिर लागिरहेको स्वास्थकर्मीको लागि शाखा प्रबन्धक छबि बरालले जिल्ला अस्पताल गौरका प्रमुख कृष्णा साहलाई २० थान पिपिई र २० थान एन ९५ मास्क हस्तान्तरण गरेका छन ।

सो स्वास्थ सामाग्री बुझदै जिल्ला अस्पताल गौरका प्रमुख मेसु साहल यस्तो महासंकटको बेलामा प्रभु बैकले जुन किसिमको आफनो समाजिक र देश प्रतिको जिम्मेवारी बहन गरि आज सहयोग स्वरुप उपलब्ध गराईएको स्वास्थ सामाग्री प्राप्त गर्दा धेरै खुशी पाएको र यस विपतको समयमा सवै तहतपकाका अगुवाहरु मिलेर महमारीको सामना गर्न आआफनो ठाउँबाट अगाडी बढन आग्रह गर्दै बैंक परिवार प्रति धन्यवाद ज्ञापन समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here