मधेश प्रदेश बारा । नेपालमा आज लकडाउनले मानव समुदायको जीवन अस्तव्यस्त भएको छ ।

घरबाट बाहिर निस्किन नस्कने अहिलेको अवस्थामा बारा जिल्ला प्रहरी कार्यालय द्धारा अबैध रुपमा संचालन गर्दै आएको भट्टी नष्ट गरिएको छ ।


विश्व कोभिड १९ को प्रहारले आतकित भइरहँदा जिल्ला प्रहरी कार्याल बाराका साहसी र कर्मठ प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमान्डमा खटिएको टोलीद्वारा कोल्हबी नगरपालिकाका वडा नं १० बछनपुरवा टोल स्थित १२ ओटा अवैध रूपमा लुकाई छिपाई संचालन गर्दै आएको भट्टीलाई पता लगाई आज अन्दाजी १२ हजार लिटर कच्चा पदार्थ नष्ट गरिएको छ भने अन्दाजी १०० लिटर तयारी मदिरा तथा ५ थान मेशिन समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा जिल्लाको अवैध भट्टीहरू नष्ट र गलत तत्वको व्यत्तिहरुलाई तह गलाउनमा प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले अहम् भुमिका खेल्दै आएका स्थानीयले बताउँदै प्रशंसा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here