देशभरि कोभिड १९ नोबेल कोरोना भाईरसको कहरले ५७ दिन देखि जारी रहेको लकडाउनमा मानव जातिको जनजीवन कष्टकर बनेको छ ।

Image may contain: 3 people, people standing, child and outdoor
कृषि प्रधान देशको रूपमा चिनिने नेपालमा अहिले विश्व व्यापी महामारीको रोग कोरोनाको कारण खेतमा लगाएको गहुँ, मँसुरी, मकै लगायत अन्य बाली समयमा काटन नसकेपछि धेरै जसो किसानको तयार भएको बाली घरभित्र भित्र्याउन सकेनन् ।

दिनप्रतिदिन देशमा संक्रमित संख्या बढ्दै गएको हुनाले अहिले तत्कालको लागि लकडाउन खुल्न सक्ने सम्भावना नदेखिएकोले तराई मधेशमा धानको बिउ लगाउने मौसम नजिकै गइरहेकोले एक गाउँबाट अर्को गाउँमा जान्न नपाउने किसानहरू कहाँबाट बीउ किनेर ल्याउने कुरामा चिन्तित रहेको अवस्थामा नेपाल नगरपालिका संघ प्रदेश नं २ का सभापति तथा राैतहट जिल्लाको परोहा नगरपालिकाका नगरप्रमुख शेख वकिलले आफ्नो नगर भरिका किसानलाई राहत स्वरूप धानको विउ वितरण कार्य अाज देखि सुरु गरेका छन ।

Image may contain: 5 people, people standing and outdoor

सडक, नाला, बिधुत र भौतिक संरचना मात्र निर्माण गर्ने जिम्मेवारी जनप्रतिनिधिको हुदैन विपतको वेला जनताको वास्तविक समस्यालाई मध्य नजर गरि आवश्यकता अनुसारको सामाग्री उपलब्ध गराउनु नै एउटा सक्षम र असल नेतृत्व पंक्तिको दायित्व रहेको हुनाले किसानहरूको सल्लाह अनुसारको उन्नत प्रजातिका धानको बीउ वितरण गरिएको नगरप्रमुख वकिलले जनाए ।

Image may contain: 1 person, standing and outdoor

प्रत्येक वडाका जननिर्वाचित जनप्रतिनिधिहरूको सल्लाह बमोजिम नगरभरिको २ हजार वास्तविक दिनरात खेतीपाती गरि जीवन यापन गर्ने किसानहरूको नामावली संकलन अनुकूल प्रत्येक किसानलाई १७ केजीको दरले धानको बिउ वितरण सुरु नगर प्रमुख वकिलले गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here