रौतहट , ४ आषाढ़ ! रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल राजनितिक दलको अवांछित कव्जामा परेको छ !

No photo description available.

जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेको जिल्ला अस्पतालमा स्तरीय सेवा प्रबाह नहुँदा स्थानीय विरामीहरु विचलितमा पर्ने गरेको हो ! अस्पताललाइ राम्रो सित सञ्चालन गर्न र सर्व सुलभ रुपमा सेवा प्रदान गराउनका लागि प्रदेश सरकारले राजनितिक रुपमा गठन गरेको अस्पताल विकास सञ्चालन तथा व्यवस्थापन समितिले आफ्नो स्वार्थ पूर्वक कार्य गर्न शुरू गरेकोले जनताको स्वास्थ्य सित खेलवाड़ ,अनियमिता हुने गरेको हो ! रेफरल अस्पतालको नाउले परिचित रहेको जिल्ला अस्पताल गौरमा प्रदेश सरकारका सामाजिक विकास मंत्रीले नियुक्त गरेका तत्कालीन राष्ट्रिय जनता पार्टी रौतहटका जिल्ला अध्यक्ष एवं गौर नगरपालिका वड़ा नम्बर ६ का वड़ा अध्यक्ष शेख जमशैदले अस्पताल विकास तथा उपकरण खरीद व्यवस्थापनका लागि आएको रकम अनियमिता गरेको भनी सामाजिक संजालमा भाइरल भएको छ !

Image may contain: 1 person, sitting

कोरोना भाइरसको प्रकोप रहेको बेला प्रदेश सरकारले पठाएको रकम जेष्ठ ५ गते खर्च गर्न अनुमति दिएपनि आपसी तालमेल नमिलेको कारण सो रकम फ्रिज गराउने सडयंत्र गरेको खुलासा भएको छ ! जिल्ला अस्पतालमा सञ्चालन समितिका अध्यक्षले आफु ख़ुशी गर्न खोजे पछि मेडिकल सुपरिटेंडेंट विच मतभेद सृजना हुदा रकम नै फ्रिज गराउने तरफ लागेको बुझिएको छ ! एमरजेंसी पुर्जीको आए ,एम्बुलेंसको आए लगायतका सम्बंधित निकायबाट आएका विभिन्न किसिमका विकास अनुदानका रकममा पारदर्शिता नभएको भन्दै सामाजिक संजालमा अध्यक्ष जमशैदको तीव्र आलोचना भई रहेको छ ! कोरोना महामारीको बेलामा विना टेण्डरको अस्पताल को रंगरोदन ,बाउंड्री वाल निर्माणको कार्य भैरहेको छ !

Image may contain: people sitting and table

वड़ा अध्यक्ष जमशैदले विरामी तथा कुरुवा बसने ठाउमा सुधार नगरी आफु बसने कोठामा लाखौ रकम खर्च गरी श्रृंगारिएको भन्दै स्थानीयहरु आलोचना गर्दै खर्च विबरण सार्वजानिक गर्न मांग गरेको छ ! बाहिरबाट सृंगारिने अस्पतालमा भित्री व्यवस्था लाजमर्दो रहेका छन ! औषधि खरीद ,कर्मचारी भर्ना , पूर्वाधार निर्माणमा पारदर्शिता भएको नदेखिदा सञ्चालन समितिको प्रति स्थानियहरु आक्रोशित भएका छन ! नेपाल सरकार र प्रदेश सरकार भ्रस्टाचार अन्त्य गर्ने भनिरहदा सत्तासाझेदार दलका नेता निर्वाचित जनप्रतिनिधि नै अनियमितामा चुरलुम भएका छन ! अस्पतालको अवस्था सुधार गर्नु राम्रो कुरा हो तर सुशासन कायम गर्नु पर्ने जिम्मेवार व्यक्तिको कर्तव्य रहेको छ !

Image may contain: people sitting, living room and indoor

उपभोक्ता समिति या निर्माण व्यवसायी मार्फत कार्य गराउदा होडिंग वॉर्ड राख्ने अनिवार्य रहेको हुन्छ तर अस्पतालको रंग रोदन के कुन रकमबाट भई रहेको त्यसको पनि गौण गरिएको छ ! प्रदेश सरकारले उपलब्ध गराएको आइसोलेशन वार्ड व्यवस्थापन ,निर्माण , औषधि खरीद तथा उपकरण व्यवस्थापनको रकममा अनियमिता भएको आशंका रहेकोले छानविन गर्न प्रदेश सरकार सित स्थानीयहरुले आग्रह गरेका छन !

Image may contain: house and outdoor

No photo description available.

Image may contain: plant and outdoor

Image may contain: one or more people

Image may contain: one or more people and people sitting

Image may contain: screen

Image may contain: cloud, sky, house and outdoor

Image may contain: outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here