रौतहट, ८ असार । रौतहट संसदीय निर्वाचन क्षेत्र २ का सांसद प्रत्यासी तथा जनता समाजवादी पार्टीका नेता किरण साहले मौलापुर बिधुत शाखा द्रारा मजदूर गरिबसँग विभिन्न बाहानामा युवाहरु संचालित गरि केही नेताको संरक्षण्मा रकम असुल्ने कार्य तिब्र गतिमा भईरहेको छ ।

गलत कार्य वा विधुत चोरी गर्ने जोसुकै व्यक्तिलाई कानुन बमोजिमको कार्वाही प्रक्रिया सार्वजनिक गरी नेपाल सरकारले तोकिएको जरिवाना अनुकूल तिराई सम्बन्धित दोषीलाई छाड्नु नियम हुदाहुदै बौधिमाई नगरपालिकाको वडा नं ३ मटिअर्वा टोलमा बस्ने जयमंगल पटेललाई १२ हजारको फेजबाट डाइरेक्ट हुकिंग गरि मिल संचालन गरेको रंगेहाथ पक्राउ आरोप कुनै प्रमाण समेत नभएतापनि पटक पटक थर्काई रकम असुल्ने कार्य गरी निजको गलती माथी कुनै किसिमको कदम नचाली दुख दिने कार्य मौलापुर बिधुत शाखा द्रारा भईरहेको नेता साहले बताएका छन ।

सर्वसधारणलाई राजनितिक संरक्षणमा बिधुत प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ति साहले मौलापुरका केही गलत मनसिकता भएको युवाहरुलाई संचालन गरी सो एरियामा पर्ने सेवाग्राहीलाई धमकाई, थर्काई प्रहरीसँग पक्राउ लगायत विभिन्न किसिमका डर त्रास देखाएर खुल्याम देशकै इमान्दार बेग्लै पहिचान बनाएको बिधुत प्रमुख कुलमान घिसिङ्ग जस्तो गरिमामय व्यक्तिले प्रत्येक नेपाी नागरिकको घर घरा उज्यालो रिमझिम बली बाल्ने अभियानलाई बदनाम गराइ रहेको नेता साहले बताए ।
नेपाल बिधुत प्राधिकरण मौलापुर शाखाबाट मिटर रिडर राजेश यादवले आफुलाई रकम दिएन भने भोलि प्रहरीबाट पक्राउ गराएर जिल्ला प्रहरी कार्यालय पठाउने धम्की समेत मिल मालिक पटेललाई सधै दिइरहेको समेत नेता साहले आरोप लगाएर । ठाउँ ठाउँबाट चेकजाँकको क्रममा नेपाल बिधुत प्राधिकरणले हुकीङ्ग गरी बिधुत चोरी गर्नेलाई पक्राउ गरेको छ तर भोलिपल्ट नै ति पक्राउ पर्ने व्यक्तिहरुलाई जरिवान सहित सार्वजनिक गरेको सबैमा अवगत नै हो ।

तर मौलापुर विधुत प्राधिक।ण शाखाले पटेल भन्ने व्यत्तिलाई महिनौ विति सक्दा पनि कुनै कानुनी कदम अगाडी नबढाई मात्र रकम असुल्ने प्रक्रियाले मानसिक टेन्सन दिईरहेको हुनाले पटक पटक शाखा प्रमुख शक्ति साहलाई कानुनको माध्यमले गल्ती गरेको केही प्रमाण छ भने कार्वाही गर्न आग्रह गर्दा पनि राजनितिक पूर्वग्राही ढंगले दुख दिएको कारण यस्तो कार्य राम्रो नभएको भन्दा पनि सुधार हुन नसकेको नेता साहले जानकारी गराएका हुन ।

सोही सन्दर्भमा मौलापुर विधुत शाखा प्रमुख शक्ति साहले प्रहरी सहित प्राधिकरणबाट चेकजाँचमा गएको टोलिले जयमंगल पटेलको घरबाट थ्रीफेज मोटर लगायतका सामान बरामद गरेको थियो । बिधुत चोरिका आरोपी जयमंगल पटेल माथी मुद्दा न चलाउन नेता किरण साहले आफुलाई पटक पटक फोन गरेर थर्काई रहेका बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here