महोत्तरी, असार १० गते । महोत्तरीको भंगहा नगरपालिकाले अगामी आर्थिक वर्ष २०७७।०७८ को लागि ४८ करोडको बजेट विनियोजन गरेको छ । मंगलबारदेखि सुरु भएको नगरसभामा ४८ करोड १७ लाख ७८ हजार ३ सय रुपैयाँको प्रस्ताव पेश गरिएको हो ।

जसमा पुजिगत तर्फ ४० करोड ४४ लाख ९६ हजार र चालु तर्फ ७ करोड ७२ लाख ८२ हजार बजेट विनियोजन गरिएको भंगहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए ।

कृषि, शिक्षा, स्वास्थ्य र बाटो लगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगरप्रमुख संजिव साहको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here