एजेन्सी। टिक टक स्टार सिया कक्करले आत्महत्या गरेकी छिन् । डान्स भिडियोका कारण चर्चामा आएकी उनले आज आत्महत्या गरेकी हुन् ।

१६ वर्षीया कक्करले दिल्लीको प्रित विहारस्थित निवासमा आत्महत्या गरेकी हुन् । उनको आत्महत्याको कारण खुलेको छैन । कक्करको टिकटकमा मात्र १० लाख फलोवर थिए ।

गएराति उनले आफ्नो व्यवस्थापकसँग कुराकानी गरेकी थिइन् । उनले कामको विषयमा कुराकानी गरेको बुझिएको छ । त्यतिबेला उनले उत्साही भएर कुरा गरेर व्यवस्थापक अर्जुन सरिनले बताएको टाइम्स अफ इन्डियाले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here