युनिक यादव बारा ,असार १५ गते । ईलाका प्रहरी कार्यालय पर्सौनी ले अवैध लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय पर्सौनी ले १९२ थान नोफिन लगाएतका अवैध लागु औषध सहित २ जना पक्राउ गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादव ले जानकारी दिनु भएको छ । उनका अनुसार प्रहरी चौकी मुसहार्वा बाट प्रहरी स.नि.जगदिश प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नं.५ स्थित सिचाई नहरमा भारतबाट ना १० प ९१०२ नम्बरको मो.स.मा बोकी ल्याएको नोफिन लगाएतका लागु औषधहरू फेला परेकाले उक्त अवैध लागु औषध ओसार पसारमा प्रयोग भएको ना १० प ९१०२ नम्बरको मो.सा.समेत बरामद गरीएको छ ।

सो अवैध लागु औषध मा संलग्न दुई जना लाई प्रहरी ले नियन्त्रणमा लिएको छ । नियन्त्रण मा रहेका दुई जना मध्ये एक बिरगंज माहानगरपालिका .वडा न.१२ मुर्ली बस्ने बाबुलाल साह कानु र अर्का एक जना बिरगंज माहानगरपालिका वडा न ११ श्रीपुर बस्ने श्रीकान्त ठाकुर रहेका छन् । उनिहरु दुईजना लाई नै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख ओम प्रकाश यादव ले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here