रौतहट,१५ असार । कोरोना भाइरस संक्रमित रौहटका एजना पुरुषको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् २९ वर्षीय युवकको गएराति मृत्यु भएको हो ।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए । उनी दमको रोगी रहेको बताइएको छ ।

उनलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here