महोत्तरी, असार १५ गते ।महोत्तरीमा लकडाउनको सुरुदेखि जेठ मसान्तसम्म १८ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रहेको तथ्यांकअनुसार आत्महत्या गरेकामध्ये आठजना महिला र १० जना पुरुष रहेका छन् ।
यसमध्ये पाँचदेखि १२ वर्ष उमेर समूहका एक बालिका र दुई बालक, १२ देखि १९ वर्ष उमेर समूहका तीन किशोर र दुई किशोरी, २० देखि ३५ वर्ष उमेर समूहका एक पुरुष र दुई महिला रहेका छन् ।

त्यस्तै ३६ वर्षदेखि ४५ वर्ष उमेर समूहका दुई महिलालेसमेत आत्महत्या गरेका छन् ।

त्यसैगरी ४६ देखि ६० वर्षका एक पुरुष र एक महिलासमेतले आत्महत्या गरेका छन् भने ६१ देखि ७५ वर्ष उमेर समूहका वृद्धसमेत आत्महत्या गर्नेको सूचीमा छन् ।

यस उमेर समूहका तीनजना पुरुषले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा बालबालिकासमेत परेपछि चिन्ता थपिएको स्थानीय सामाजिक अभियन्ताहरूको भनाइ छ ।

सामान्य मानिसले आत्महत्या गर्नु चिन्ताकै विषय भएसँगै बालबालिकाले समेत आत्महत्या गर्न थाल्नु बढी चिन्ताको विषय भएको सामाजिक अभियन्ता लीला दियालीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here