मधेश प्रदेश डेस्क, रौतहट, ३० असार । ५ दिन देखि लगतार अविरल वर्षासंगै विभिन्न नदिमा आएको बाढीले रौतहटका अधिकांश सरकारी कार्यालयहरु डुवानमा परेको छ ।

Image may contain: outdoor and water
बाढीको पानीले जिल्लाकै सदरमुकामको रुपमा चिनिने गौरमा रहेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट, जिल्ला भन्सार लगाएतका कार्यालयहरु डुवानमा परेको छ ।
भन्सार कार्यालय अगाडि तीन चारफिट र गौर मेनरोड तथा जिल्ला प्रहरी कार्यालयमा दुईफिट पानी जमेको रौतहटका थियो तर हिजो देखि बाटोको वपानीहरु कम हुन थालेको छ भने कार्यालयहरुमा हाल सम्म अलिअलिमा पानी कम भएको छ । सीमा सुरक्षाका लागि बोर्डर एरियामा राखिएको सशस्त्र प्रहरीहरुको आज लगभग ५ दिन भन्दा बढी देखि आफनो कार्यालय छाडेर निजी घरमा सबै सामाग्री लिएर बसोबास गर्दै आएको प्रहरी निरीक्षक गोपि राम श्रेष्ठले बताएका हुन ।बाढीको पानी सरकारी कार्यालयहरुमा पसेपछि कामकाज गर्न धेरै अप्ठयारो समेत भईरहेको उहाँले बताए ।

Image may contain: table, tree, plant and outdoor
प्रत्येक वर्ष सदरमुकाम गौर र त्यहा रहेका सरकारी कार्यालयहरु डुवानमा पर्दै आएको छ । अविरल बर्षाले जिल्लाका दुईवटै ठुलानदी बागमती र लालबकैयाका साथै साना झाझ, भकुवा लगायतका नदीहरुमा समेत पानीको सतह बढ्दै गएको देखिएको थियो । नदीहरुमा आएको बाढीले जिल्लाका अधिकांश भु भाग समेत डुवानमा परेको छ । बाढीले अधिकांश सडक सञ्जालहरु समेत जलमग्न भएको छ । नदीहरुमा पानीको वहाव बढदै गएपछि सतर्कता अपनाउन जिल्लावासीलाई प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आग्रह गरेका छन ।

Image may contain: 1 person, standing, tree, plant and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here