बज्जिका भक्ती एलबम बम बम भोल भाग -२ एक कार्यकम बिच विमोचन बज्जिका भाषाको बोलबम एलबम बम बम भोले भाग–२ एक कार्यकम बिच विमोचन भएको हो ।

Image may contain: 1 person, standing

रेडियो मधेश मसला १०६.४ मेगाहर्जको कार्यालयमा रौतहट क्षेत्र नम्बर ३ प्रदेश ‘ख’ को तत्कालिन संघिय समाजवादी पार्टीको तर्फबाट विधायक प्रत्यासी बृज किशोर प्रसाद यादवको प्रमुख आतिथ्यमा एलबमको पोस्टर सार्वजनिक गर्दै विमोचन गरिएको छ । विमोचित एलबमको गित स्थानिय रेडियो मधेश मसला को बज्जिका खबर बाट पहिलो पल्ट प्रशारण गरिएको गितमा नेपालीय बज्जिका इतिहासको पहिलो भक्ति गायक कुमार चन्दनको स्वर रहेको छ ।

Image may contain: 4 people, including RJ Kumar Chandan, people sitting

बिमोचन कार्यक्रममा रेडियो मधेश मसलाको मार्केटिङ्ग प्रमुख नागेन्द्र चौरसिया, बज्जिका भाषा सेवी तथा बज्जि पत्रको सम्पादक किशुनदयाल यादव, बज्जिका गायक तथा लेखक सुरज नारायण झा, गायक रबिन्द्र कुमार, प्रभु महतो, युवा नेता दिपेन्द्र यादव लगायत अन्य व्यक्तिको उपस्थिति रहेको थियो । निर्माता मनोज कुमार चौधरी,निर्देशक राजेश्वर पाण्डे,शब्द सम्पादक सञ्जय मित्रको रहेको छ भने गीतकारको रुपमा तपसी यादव तथा कुमार चन्दन रहेको छ ।

Image may contain: 3 people, including RJ Kumar Chandan

सिएन प्रोडक्सनको प्रस्तुती एलबम बम बम भोले भाग–२ सार्वजनिक भएको हो । लामो समय देखि विभिन्न गीतको माध्यम बाट मनोरन्जन गराउँदै आएका रेडियो मधेश मसलाका कार्यक्रम प्रस्तोता एवम गायक कुमार चन्दनकोे भक्ति एलबम बम बम भोले– भाग २ नामको एलबममा मुलरुपले मधेश समुदायमा लोप हुन लागेको लोकभाषालाई ध्यानमा राखी गितको रचना गरिएको छ । यस अघि गायक कुमार चन्दनको नेपालमा नै पहिलो बज्जिका भक्ती एलबम बम बम भोले एलबम बिगतका वर्षमा सार्वजनिक गरिएको थियो ।

Image may contain: 7 people, including RJ Kumar Chandan, beard

त्यही एलबमको दोश्रो संस्करणको रुपमा बम बाम भोले भाग–२ आइतबारको दिन विमोचन गरिएको छ । यसअघि पनि विभिन्न भक्ती गीत र बज्जिका भाषाको गीत गाएका गायक पटेलको गीत बजारमा लोकप्रिय हुनुमा विश्वास गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here