काठमाडौं, १३ साउन । पूर्वमन्त्री सुनिलबहादुर थापा नेपाली काँग्रेसका प्रवेश गरेका छन् । उनलाई आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमबीच काँग्रेस सभापति शेरबहादुर देउवाले माला लगाएर स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु उपस्थित थिए ।

पार्टी प्रवेश गर्दै पूर्वमन्त्री सनिलबहादुर थापाले नेपाली काँग्रेससँग आफ्नो परिवारको पुरानो साइनो भएको उल्लेख गरे । उनले ६५ वर्षपछि काँग्रेसँग नाता जोडेको बताए । उनले भने, काँग्रेसमा प्रवेश गर्दा अपार हर्ष तुल्याएको छ ।

थापाले काँग्रेसका संस्थापक नेताहरुको नाम लिएका थिए । उनले आफ्ना पिता सुर्यबहादुर थापाले वृहत लोकतान्त्रिक शक्तिबीचको एकतामा जोड दिएको स्मरण गराए । उनले भने, संसदवादी कित्ताका लोकतान्त्रिक शक्तिबीच एकतामा मेरा पिता सुर्यबहादुर थापाले जोड दिनुहुन्थ्यो । उहाँले तब मात्र शक्ति सन्तुलन हुन्छ भन्नुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here