जनकपुरधाम, साउन १३ गते । राष्ट्रिय क्रीकेट संघका महोत्तरीका २५ वर्षीय खेलाडी कुन्दन सिंहलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन जिल्ला क्रिकेट संघ धनुषाले अपिल गरेको छ ।

उनको दुबै मृगौला खराब भएर अस्पताल भर्ना रहेको उनको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै क्रिकेट संघ धनुषाले सहयोगको अपिल गरेको हो । जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेले कुन्दनको उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् ।

अहिलेसम्म जेनतेन गरी नियमित उपचार गराउँदै आएको कुन्दनलाई उपचारमा लाग्ने रकम ठुलो भएकोले आर्थिक संकट आइपरेकोले सहयोग गर्दिन आग्रह गर्दै शोभाकान्तले भने,‘आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेको छु,सबैले सहयोग गरिदिए कुन्दन अवश्य बाँच्ने छन् ।’

उनले भने,‘प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री महोत्तरीकै छन् । नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह पनि महोत्तरीकै हुन् । प्रदेश नम्बर २ का मुख्यन्यायाधिवक्ता पनि महोत्तरीकै छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफै पनि भलिवलको राष्ट्रिय खेलाडी रहिसकेका छन् । तर पनि कुन्दनलाई बचाउन कसैले कुनै चासो लिएका छैनन् ।’

प्रदेश सरकारले मृत्यु भईसकेका व्यक्तिको परिवारलाई ५ लाख रुपैयाँ बाँडेर परिवारलाई आश्वासन दिन्छ तर जिउँदो व्यक्तिलाई बचाउनका लागि कुनै सहयोग नगरेको उनको गुनासो छ ।

राष्ट्रिय लेभलको बिभिन्न घरेलू प्रतियोगिता खेलिसकेका क्रिकेट खेलाडी कुन्दनको किड्नी खराब भई उनी अहिले मृत्यूसंग लडिरहेका छन् । उनको आमा बुवा पनी पहिल्यै नै स्वर्गवास भईसकेका छन् र अहिले उनी आर्थिक अभावका कारण मृत्यूको नजिक पुगिरहेका छन् ।

आर्थिक अभावमा रोग लागेका एक जना खेलाडीलाई पनि मर्न नदिने समेत जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेले प्रतिवद्धता जनाएका छन् ।

कुन्दन १० वर्षको उमेरदेखि नै महोत्तरीको जलेश्वरबाट आफ्नो क्रिकेट यात्राको शुरुवात गरेका हुन् ।
जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेको नेतृत्वमा धनुषामा सुरु गरिएको कुन्दन सिंह बचाउ अभियानमा अहिलेसम्म महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव साहले २१ हजार, यूवा व्यवसायी उज्जवल अग्रवालले ११ हजार, यूवा व्यवसायी जितेन्द्र साहले ११ हजार, ई.रोशन सिंह (उदयपूर) ले ११ हजार, ई.रोशन सिंह (कन्चनपूर) ले ११ हजार, डाक्टर विपिन कुमार यादवले ११ हजार ५ सय, प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले ५ हजार, ई.प्रकाश रायले ५ हजार, राजपाका नेता चन्दन दूब्बेले ५ हजार, ई.शेखर पंजियारले ५ हजार, क्रिकेटका पूर्व प्रशिक्षक नवीन सिंहले ३ हजार ५ सय, अनूप झाले ५ हजार, अनसारूल राईनले ५ हजार, हरी शंकर साहले २ हजार रुपैयाँ सहयोग गरेको पाण्डेको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here