रौतहट १५ साउन । सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु भएको छ ।

Image may contain: one or more people and outdoor, text that says 'REDMI NOTE PRO MI DUAL DUAL CAMERA 2020/7/30 08:19'
करेन्ट लागेर गौर न.पा ४ की ७० वर्षिया शान्ती देवी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काटने क्रममा करेन्टको चपेटमा परेकी थिइन । सोही स्थानमा करेन्ट लागेर दुई चौपाया साढेको समेत ज्यान गएको छ ।

Image may contain: one or more people and outdoor
गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसे पछि स्थानियले नेपाल विद्युत प्राधिकरणको गौर शाखामा जानकारी गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here