वीरगञ्ज १७ श्रावन । वीरगञ्जस्थित नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउँन स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्र पठाएको छ । अस्पताललाई पुन: लेभल २ को कोभिड अस्पताल बनाउँन स्वास्थ्य मन्त्रालयले पत्र पठाएको हो ।

अस्पताललाई लेभल २ काेराेना कोभिड अस्पतालका रुपमा पुन: सञ्चालन गर्न मन्त्रालयबाट पत्र आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

उनले नारायणीलाई पुन: कोभिड अस्पताल बनाउँन शुक्रबार मन्त्रालयबाट आफुलाई पत्र आएको जानकारी दिए । पत्रमा नारायणीलाई लेभल २ को कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको उनले भने ।

मेसु डा. उपाध्यायले अस्पतालकाे डायलिसिस लगायतकाे सेवा बन्द गर्न ५ दिन अघिनै पत्र प्राप्त आएको बताए । नारायणीमा हुँदै आएकाे डायलिसिसलगायतकाे सेवा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लिनकाे पहिला जस्तै नै व्यवस्था गरिएकाे उनले भने ।

पर्सामा चैत्र अन्तिम साता पहिलो पटक कोरोना सङ्क्रमित भेट्दा नारायणीलाई कोभिड अस्पताल बनाइएको थियो । तर, कोभिड अस्पताल सञ्चालनले आपतकालीनलगायत सम्पूर्ण जनरल सेवाहरु बन्द हुँदा सेवाग्राही मार्कामा परेका थिए ।सेवाग्राही मार्कामा परेपछि स्थानीयले विरोध गर्दा नारायणीलाई पुन: जनरल अस्पताल घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here