महोत्तरी, साउन १७ गते ।महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वामा हस्तलेश्वर महादेव मन्दिर निर्माण भएको छ । भंगहा नगरपालिकाको ४० लाख रुपैयाँ र स्थानीयको चन्दासंकलनबाट निर्माण भएको मन्दिरको शुक्रबार एक समारोहबिच उदघाटन गरिएको छ ।

सो क्षेत्रमा आकर्षक मन्दिरको रुपमा निर्माण गरिएको हस्तलेश्वर महादेव मन्दिरको भंगहा नगरपालिकाका मेयर संजिव साहले उदघाटन गरेका हुन् । मन्दिर उदघाटन गर्दै मेयर साहले जनताको चाहना अनुसार नगरपालिकाको बजेटमा मन्दिर निर्माण गरिएको बताए । उनले आफ्नो धर्मसंकृतिको संरक्षणसंगै अन्य धर्मावलम्बीको धर्मस्कृतिलाई सम्मान गर्नुपर्ने बताए ।

कोरोना महामारीको संक्रमण फैलिएकोले सबैले सरसफाई, मास्क, सेनिटाइजरको प्रयोग र समाजिक दुरी मेन्टन गर्न उनले आग्रह गरे । मेयर साहले आगामी दिनमा जनताकै चाहना अनुसार विकासको कामहरुलाई गति दिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

वडा नं. ६ का वडाध्यक्ष चौठी महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष आशोक महतो, वडा नं. ५ का अध्यक्ष शिवकुमार महतो, वडा नं. ७ का आध्यक्ष बासुदेव सिंह थारु, वुद्धिजिवी श्याम यादव लगायतले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here