साउन १८ गते । भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट शिक्षामन्त्रीको मृृृृृृृृत्यु भएको छ । कोरोनाबाट क्याबिनेटमन्त्री कमला रानी वरुणको मृत्यु भएको हो । उनलाई जुलाई १८ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका लागि लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी उनको आज बिहान निधन भएको बीबीसीले जनाएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज अयोध्या जाने कार्यक्रम स्थगित गरेका छन् ।

सन् २०१७ मा बीजेपीले उनलाई कानपुर घाटमपुरबाट चुनावमा प्रतिस्पर्धा गराएको थियो । उनी गत वर्ष क्याबिनेटमन्त्री बनेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here