काठमाडौं, २० साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ ।

भेटवार्तामा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदी दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

भेटमा नेकपा विवाद समाधान गर्नेबारे छलफल केन्द्रित छ । दुई दिनको भेटपछि पनि कुनै निष्कर्ष ननिस्किएको अवस्थामा भेट अगाडि बढेको हो । यसअघि प्रचण्डले भैंसेपाटी पुगी नेकपा उपाध्यक्ष बामदेव गौतमलाई भेटेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here