बीरगञ्ज, भदौ २ गते । सय बीरगञ्जस्थित नरायणी अस्पातको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप ६६ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै पर्सामा संक्रमितको संख्या १ हजार ३ सय ८५ पुगेको छ । सोमबार राति गरिएको परीक्षणमा ७ प्रहरी सहित थप ६६ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका डाक्टर निरजकुमार सिंहका अनुसार संक्रमण पुष्टि हुनेमा पर्साको बहदुरबामाई नगरपालिकाका २५, वीरगञ्ज महानगरका ८, छपकैयाका ५ जना रहेका छन् ।

संक्रमण पुष्टि भएकाहरूमध्ये ९ जना बाराका छन् । प्रसौनी गाउँपालिकाका ४, पिलुवाका ३, सिम्रौनगढ र कलैयाका १र१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय पर्साका ५ जना र वडा प्रहरी कार्यालय विर्ताका २ जनामा समेत संक्रमण पुष्टि भएको डा। सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here