रौतहट, ०४ भदौ । ३ दिन अगाडी मात्र नेपालको राष्ट्रिय झण्डा एक म्युजिक भिडियोमा जलाएको दृश्यले देशभरी नै तरंग ल्यायो उक्त घटनाको बिरोध मधेश र पहाड दुबैमा भयो दुबै भुगोलमा बसोबास गर्ने आम नेपालिको मन यश घटनाले दुख्यो तर न्युज २४ टिभीको एक कार्यक्रममा मधेशलाई लक्षित गर्दै यो नेपालको पहिलो घटना नभएर मधेशमा यश अघि कयौ पटक नेपालको राष्ट्रिय झन्डा जलाएको समाचार प्रशारण गरेपछि जसपा नेपालका युवा नेता तथा समाजकि अभियनता राकेश रोशन यादबले उक्त टेलिभिजन कार्यक्रमप्रती बिरोध जनाएको छ ।

एउटा राष्ट्रिय मिडियाले मधेश र पहाडमा द्वन्द्व प्रैदा हुने खालको सामाचार सामाग्री प्रशारण गर्नु हुदैन यो मधेशको अपमान हो यो हामी कदापी पनि सहन गर्न सक्दैनौ यादबले हिपमत डटकमसंग आफ्नो बिचार साझा गर्नुभयो।
न्युज २४ ले पटक पटक मधेशको बदनाम गर्ने खालको सामाचार र कार्यक्रमहरु प्रस्तुत गर्दै आईरहेको छ।यो सारा मधेशको अपमान हो नेताले यादबले बताउनु भयो।न्युज २४ ले पटक पटक गल्ती गरेर माफी माग्दै आएको छ यश पटक न्युज २४ लाई मधेशको जनताले माफ गर्दैन यो माफी लायकको काम होईन ।न्युज २४ बिरुद्ध हामी प्रेस काउन्सिलमा उजुरी हाल्ने तयारिमा छौ यादबले आक्रोसित भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here