रौतहट , भदौ ४ गते ।रौतहटमा एक युवकको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले ७ जना पक्राउ परेका छन् ।

गएको साउन ३१ गते राति हत्या भएका रौतहटको गरुडा नगरपालिका ८ बसबिटीका २० वर्षीय निरञ्जन रामको हत्यामा संलग्न आरोपमा उनका ७ जना साथीलाई प्रहरी पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–८ जिंगडिया टोलका २२ वर्षीय शेख अजाद, वर्ष २० का अजय कुमार रन्जन, वर्ष १९ का बिबेक राय यादव, वर्ष १९ का अर्जुन राम, वर्ष २० का सिकिन्द्र पासवान र वर्ष १९ का बिजय महरा रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

उनका अनुसार निरञ्जनको हत्या पूर्व योजना बनाएर भएको हो । सर्च नर्सरीमा कार्यरत निरञ्जनका नर्सरीका साहुको जन्मदिन साउन ३१ गते परेको थाहा पाएर सोही दिन निरञ्जनको हत्या गर्ने योजना उनीहरुलेे बुनेका थिए ।

निरन्जन रामलाई फोन गरी आज हामीले पार्टी राखेका छौं पार्टीमा आउनु भनि बोलाएका थिए । निरन्जन आएपछि शेख अजाद र बिजय महरासँग भेट भई सच नर्सरीदेखि उत्तरतर्फ रहेको होटलबाट रक्सी, मासु समेत किनेर ल्याई होटलको पूर्वमा रहेको सपेताको बगैँचामा सबै साथीहरु बसी मासु रक्सी मुह्री समेत खाएका थिए । त्यसपछि निरञ्जनलाई हत्या गर्न अत्यधिक रक्सी खुवाएर विवाद गरि बन्धक बनाएर शेख अजादले धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी महतोको भनाइ छ ।

प्रहरीका अनुसार शेख आजाद र मृतक निरञ्जन बिच घटना अघि भएको फोन कुराकानीको आधारमा शेखलाई नियन्त्रणमा लिई अनुसन्धान गरेपछि घटनाको रहस्य खुलेको थियो । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थपेर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here