भाद्र ०६ रौतहट : बुधबार गोली हानी हत्या भएको पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न गढिमाई नगरपालिकाको मेयर श्याम यादवले माग गरेको छ।

जिल्लाको माधवनारायण नगरपालिका-२ खेसहरिया टोल नजिकै रहेको हनुमान मन्दिरको पुजारी श्रीराम साहको गत बुधबार खाना खाने समयमा गोलि हानी हत्या भएको थियो। हत्या भएको तिन दिन बितिसक्दा पनि अझै हत्यारा पत्ता नलागेकोले तुरुन्त अनुसन्धानलाई तिब्र बनाएर हत्यारा पक्राउ गरि कारबाही गर्न गढिमाई नगरपालिकाको मेयरले माग गरेको छ। पुजारीको गोलि हानी विभत्स हत्या भएको र अझै सम्म हत्यारा पत्ता नलागेको कारण मेयर यादवले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय समक्ष जोडदार माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here