रौतहट – रौतहटस्थित नेपाली सेनाले नाईटभिजन हेलिप्याड २ वटा तहलाई हस्तान्तरण गरेको छ ।

ईन्द्र बकस गणका प्रमुख नेपाली सेनाका कर्णेल सामन्तध्वज खांडले शुक्रबार सांझ छुट्टाछुट्टै कार्यक्रम बिच दुबै हेलिप्याड हस्तान्तरण गरेका हुन । cimic,qip कार्यक्रम अन्तरगत नेपाली सेनाले गौर नगरपालिका ८ स्थित निर्माण गरेको हेलिप्याड मेयर अजयकुमार गुप्तालाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् ।

Image may contain: one or more people, people standing, cloud, sky, outdoor and nature

त्यसैगरी बागमती नदी नजिकै गढिमाई नगरपालिका समनपुरमा निर्माण भएको हेलिप्याड मेयर श्याम प्रसाद यादवलाई कर्णेल खांडले हस्तान्तरण गरेका छन् ।बर्षायाममा बर्सेनि बाढी तथा डुबान बाट अतिनै प्रभावित रौतहटमा डुबानको समयमा राहत तथा उद्वारको लागि उक्त नाईटभिजनको धेरै महत्त्व भएको ले हस्तान्तरण गरिएको छ ।

Image may contain: one or more people, people standing and outdoor

दुईबर्ष अघि आएको बाढले समनपुर क्षेत्र डुबानमा पर्दा राहत सामग्री लिएर काठमाडौबाट आएको हेलिकप्टर सुरक्षित स्थानको अभावमा अवतरण हुन सकेको थिएन त्यसलाई मध्य नजर गर्दै नेपाली सेनाले हेलिप्याड निर्माणमा सहयोग पुर्याएकोले गढिमाई नगरपालिकाको मेयर श्याम यादवलाई सम्मानित गरेको छ। आउने दिनमा पनि गढिमाई नगरपालिकाके नेपाली सेनालाई सहयोग गर्ने कर्णेल खांडले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here