रौतहट, ६ भदौ । मुख्यमंत्रीको राजीनामा मांग गर्दै अभियानद्वारा रौतहट र पर्सामा प्रदर्शन गत ३ गते रातिको ९ बजे मन्दिरको पूजा सकी भोजन गरी रहेका रौतहट माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका सन्त श्रीराम साहलाई गोली हानि निर्मम हत्या गरेको बिरोधमा राष्ट्रीय एकता अभियान रौतहटले बिरोध प्रदर्शन गर्दै मुख्यमंत्रीको राजीनामा मांग गरेको छ।

अभियानका रौतहट संयोजक शंकर दासको नेतृत्वमा भएको प्रदर्शन सुरक्षा दिन नसक्ने मुख्यमंत्री राजीनामा दे, सन्त श्रीराम साहको हत्यारलाई अबिलम्ब कार्यवाही ग़र, हिन्दू माथिको दमन बन्दे ग़र, राष्ट्रीय एकता अभियान जिन्दावाद जस्ता नारा लगाइएको थियो।प्रदर्शनमा अभियंता ठगा ठाकुर र लक्ष्मी साह समेतको उपस्थिति रहेको थियो। त्यस्तै राष्ट्रिय एकता अभियान पर्साले प्रदेश सरकारविरुद्ध वीरगन्जमा विरोध प्रदर्शन गरेको छ । रौतहटस्थित हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहको निर्ममता पूर्वक हत्या गरेको विरोधमा अभियानले वीरगन्ज २१ परवानीपुर बजारमा प्रदर्शन गरेका हुन् ।

अभियानका कार्यकर्ताहरुले प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभुत दिलाउँन असफल रहेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको राजीनामाको माग समेत गरेका छन् । प्रदेशमा दिन प्रतिदिन हत्याहिंसाको घटना घटे पनि प्रदेश सरकार मुकदर्शक बनेको भन्दै अभियानका नेता कार्यकताहरुले आक्रोश पोख्दै विरोध गरेका हुन् । विरोध प्रर्दशनमा सहभागिले पुजारी साहको हत्यामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गरेका छन् । उनीहरुले साधु सन्त एवं हिन्दु अभियानताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने माग समेत गरेका हुन् ।

अभियानका केन्द्रीय सदस्य कृष्ण साहले ८५ प्रतिशत हिन्दु बाहुल देशमा एकजना सन्तको हत्या हुनु दुखद रहेको बताए । मुलुकमा धर्म निरपेक्ष हुँदा पनि हिन्दुमाथिको आक्रमण हुनु दुर्भाग्य छ उनले भने, ‘रौतहटका सन्तलाई षडयन्त्रपूर्वक हत्या गरिएको हुनाले दोषीलाई अविलम्ब पक्राउ गरी कडाभन्दा कडा कारवाही गरिनुपर्छ ।’ सरकारले हत्यालाई पक्राउ नगरे कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावी दिँदै यसबाट उत्पन्न असज परिस्थतीको जिम्मा सरकारले नै लिने उनले चेतावनी दिए । अभियानका परवानीपुर गाउँपालिका संयोजक अनिल यादवको अगुवाईमा गरिएको विरोध प्रर्दशनमा अभियानका राहुल सर्राफ, सौरभ तिवारी, अनिल कुशवाहा, संजय साह, सोनु कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

गत ३ गते रौतहट स्थित माधवनारायण नगरपालिकाको खेसरहिया गाउँमा रहेको हनुमान मन्दिरका पुजारी सन्त श्रीराम साहलाई खाना खाईरहेको बेला कन्चटमा गोली हानी निर्ममता पूर्वक हत्या गरिएको थियो । घटनामा संलग्न दोषीलाई प्रहरीले अहिले सम्म पक्राउ गर्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here