रौतहट, २४ भदौ । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ८ जिंगडिया टोलका १७ वर्षीय युवक विजय रामको अनुसन्धानको क्रममा प्रहरी हिरासतमै मृत्यु भएको थियो ।

No description available.
रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा बोल्दै दलित समाजका अगुवा नेता राजकुमार दास तत्माले आज जिल्ला सरकारी वकिल कार्यालय गौर, रौतहटमा हाम्रो समाजका युवा बिजय रामलाई अनुसन्धानको नाममा चरम यतना दिएको कारण उपचारको सिलसिलामा बिरगंज स्थित नेशनल अस्पतालमा मृत्यु भएको हुनाले यसको मुख्य दोषीको रुपमा संलगन तत्कालिन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविराज खड्का सहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको बताएका छन ।

No description available.

नेता दासका अनुसार एसपी खड्का सहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञान कुमार महतो, प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन कुमार सिंह, प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र यादव र हवल्दार मुन्नु सिंह र हिरोज मियाँ धुनिया माथि किटानी जाहेरी मुर्दा दर्ता भएको बताए ।
मंगलवारका दिन पीडित परिवारको साथमा गौर स्थित जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरी लिएर दर्ता गराउन आएपछि दर्ता नगरी प्रहरीले फर्काएका थिए तर आज बुधबार सम्पूर्ण आन्दोलनकारी र मृतक विजय रामको पीडित बुवा पनिलाल राम चमार सहित बिहानै देखि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालमा धेरै दौडधुप पश्चात दोषी एसपी खड्का सहित ६ जना विरुद्ध किटानी जाहेरी मुद्धा जिल्ला सरकारी वकिलको कार्यालयमा यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको नेता राजकुमार दास तत्माले बताउनु भएको थियो ।

No description available.
त्यस्तै क्लबमा बोल्दै दलित संर्घष समितिका सदस्य धर्मेन्द्र पासवानले विजय रामको हत्या भएको आज १४ दिन भएपनि हाल सम्म सो मृतकको शव संघीय राजधानी काठमाडौ स्थित टिची अस्पतालमै राखिएको हुदा पनि सरकारले कुनै प्रकारको दलित प्रति सराहनीय कदम उठाउन नसकेको कारण धेरै दुख लागेको छ ।
जनताको न्याय हुने निकाय प्रहरी÷प्रशासन नै हत्याराको संरक्षक र हत्यामा संलगन हुन थालेपछि न्यालयबाट बिस्वास उठिसकेको थियो तर आज जिल्ला सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेपछि हामी दलित समाजले अलिकति न्याय मिल्ने किरण उदाएको महसुश गरेको संर्घस समितिका सदस्य पासवानले बताए ।

No description available.

मुख्य दोषीको रुपमा रहेको जुन एसपी खड्कालाई १८ भदौमा रौतहट प्रहरी प्रमुखको जिम्मेवारीबाट खोसेर प्रहरी प्रधान कार्यालय नक्साल तानिएको हो त्यसमा सरकार र गृहमन्त्रालयको नियतमा कालोपन देखिएको छ । प्रदेश नं २ अन्तर्गत पर्ने पर्सा, बारा, रौतहट र सर्लाही लगाय अन्य जिल्लाको दलित समाजले चरमबद्ध रुपमा दोषीको कारवाहीको माग गर्दै आन्दोलन गरि रहेको अवस्थामा सरुवा गरी खड्काको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएकोले धेरै दुख लागेको छ । पीडित परिवारले न्यायको पर्खाईमा दिनरात राम्रोसँग खाना खान नपाएर छोराको यादमा रुदै बाचिरहेको समयमा यो घटनालाई बन्द गर्न एसपी र डिएसपीको सरुवा कार्य गरी हाम्रो मनोबल कमजोर गर्न खोजिएको पासवानले सरकार माथी आरोप लगाएका छन ।

No description available.

त्यस्तै दलित समाजका अगुवा मटुक पासवानले २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । विजयलाई हिरासतमा हत्या स्वीकार गर्न प्रहरी द्धारा बल प्रयोग गरी चरम यातना दिएको कारण मृत्यु भएको हो । घटनाको बारेमा वास्तविक छानबिन गर्न ६ दिन इलाका प्रहरी कार्यालय गरुडा देखि गौर जिल्ला प्रहरी कार्यालयमा दलित समाजलका सबै अगुवाहरु दौडधुप गर्दा पनि कुनै किसिमको सुनवाईन हुन नसकेपछि आन्दोलनले बेग्लै रुप लिन थालेपछि विभिन्न स्थानबाट साथ सर्मथन मिलन सुरु भएको थियो । पूर्वमन्त्री बिसेन्द्र पासवानले इलाका प्रहरी कार्यालय अगाडी आमरअनशनको घोषना गरी धर्नामा बसिसकेको थियो उहाँलाई सरकार पक्षले आफनो दोषी प्रहरीलाई बचाउनका लागि अपहरण शैलीमा राति १२ बजे प्रदेश नं २ बाट उठाएर सिधै प्रदेश नं १ मा पिसिआर चेकअपको नाममा लगिएको हो । तर जब सम्म हाम्रो माग पुरा हुर्दै भने हाम्रो आन्दोलन जारी रहने पासवानले बताएका छन ।

No description available.
प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्ज स्थित नेशनल अस्पतालमा विजय राम चमारको मृत्यु भएको थियो ।

No description available.

No description available.

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here