रौतहट, २४, भदौ । गौर नगरपालिका भित्र ३ नमुना विकास निमार्ण कार्यको लागि आज जग्गाको स्थलगत अनुगमन गरिएको छ ।

No description available.

रौतहटको गौर नगरपालिका वडा नं ५ निवासी समाजसेवी रामप्रताप यादवको पहलमा संघीय सरकारको संस्कृति पर्यटन मन्त्रालय द्धारा चिल्ड्रेन पार्क, समुदाय भवन र पोखरी सौदन्र्यकर्णको अगाडी बढाउनका निमित अनुगमन कार्य सम्पन्न भएको छ ।

No description available.

गौर नगरपालिका भित्र पर्ने वडा नं १ माई स्थान मन्दिरको पूर्व तिर सत्यमाया मानान्धर नामक समुदाय भवन ६ करोडको लगानीमा निर्माण हुनेछ । त्यस्तै वडा नं ८ नयाँ बसपार्कको छेउमा १ करोडमा यही महिना भित्र जिल्लामै ऐतिहासिक चिल्ड्रेन पार्क बच्चाहरुको मनोरंजनका लागि खेलखुद मैदानको सम्पूर्ण सामाग्री सहित निर्माण हुनेछ । भने वडा नं ५ सरकारी वकिल कार्यालय नजिक रहेको छठ घाट पोखरीको विभिन्न सौदन्र्यकर्ण विकास योजना १ करोड देखि १० करोड सम्मको लागतमा नमुना बनाउने योजना कार्तिक महिनाबाट सुरु हुने समाजसेवी यादवले जानकारी गराएका छन ।

No description available.

नेपाल नगरपालिका संघ रौतहटका सभापति तथा गौर नगरपालिकाको मेयर अजय कुमार गुप्ताले यस्तो समाजमा विकास कार्य हुदा आफु र नगर स्तरबाट हुने सम्पूर्ण सहयोग सहकार्य गर्न तत्पर तयार रहने र जिल्लाबासीको लागि ठूलो गौरवको रुपमा यस विकास कार्यलाई लिनुपर्छ किन भने भोलिको दिनमा बसपार्कको छेउमा चिल्ड्रेन पार्क निर्माण भइसकेपछि यहाँ धेरै घुम्न बाहिरबाट पर्यटन आउन थाल्छ अनि केही बेरोजगार परिवारले रोजगारी अवसर पाउन सक्छ उहाँले बताउनु भयो ।

No description available.

No description available.

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here