रौतहट २४ भदौ / इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा कार्यरत २० जना प्रहरीलाइ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गएको शुक्रवार संकलन गरीएको स्वावको पीसीआर रिर्पोट बुधवार बिहान आएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी सहीत २० जना प्रहरीमा संक्रमण देखिएको हो ।
कोराना संक्रमित प्रहरीहरुलाइ होम आइसोलेसन तथा चन्द्रपुर नपा २ मा रहेको आइसोलेसनमा राखिने बताइएको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी र केही स्थानिय गरी शुक्रवार ४१ जनाको स्वाव संकलन गरीएको थियो ।
स्वाव संकलन गरीएको ४१ जना मधये २८ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here