रौतहट, ४ असोज- नेपाल प्रहरी बाट हत्या गरिएको जिल्ला रौतहटको गरुडा नगरपालिका -८ ,बसविट्टी जिंगडियाको बिजय रामको घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ ।
हत्या पछि बिजय रामको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले अमेरिका बस्ने Adwan Nepal को संस्थापक अध्यक्ष डा. विष्णु माया परियार ज्युको पहलमा रु. ४६०००/- अक्षरेपी छियालिस हजार आर्थिक सहयोग गरिएको छ । स्वर्गीय बिजय रामको आमा र श्रीमती सुनित देवी रामको हातमा रकम प्रदान गरिएको थियो ।
उहाँको घरमै पुगी पिस फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / सामाजिक अभियान्ता मनोज ज्युको माध्यमले सहयोग रकम प्रदान गरिएको छ । यस आर्थिक सहयोग दिने कार्यक्रममा पिस फोर दलितस फाउन्डेसन नेपालको सचीव संजोग राम , रौतहटको दलित सामुदायिक विकास नेपाल संस्थाको अध्यक्ष उदयनारायण राम र दलित महिलाहरुको उपस्थिति रहेकोे थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here