एजेन्सी- असोज ४ गते । अहिलेको समयमा मानव जातिले जलवायु परिवर्तन, परमाणु युद्ध, महामारी वा उल्कापिण्डसँग पृथ्वी ठोक्किनसक्ने जस्ता सम्भावित खतराहरूको सामना गरिरहेका छन्।

दार्शनिक डेविड एडम्सले यस विषयका विशेषज्ञहरूसँग कुरा गरेर यो शताब्दीको अन्त्यसम्म मानवको अस्तित्व मेटिन्छ वा मेटिन्न भन्ने पत्ता लगाउन खोजेका छन्।

सबैभन्दा ठूलो खतरा

अक्सफर्डका फ्यूचर अफ ह्यूम्यानिटिज इन्स्टिट्यूटसँग जोडिएका शोधकर्ता एन्डर्स स्यान्डवर्गका अनुसार ‘मानव जातिको अगाडि त्यस्तो खतरा छ जसले पुरै कथा सिध्याउँछ’।

बीसौं शताब्दीसम्म हामी सोच्थ्यौँ कि हामी एकदमै सुरक्षित छौँ तर अहिलेको अवस्था परिवर्तन भइसकेको छ।

मानव जातिको विनाशको खतरा चिन्ताजनक रुपमा बढिरहेको छ।

सन् १९८० को दशकसम्म आकाशबाट झर्ने उल्का पिण्डका कारणले धर्तीमा विनास हुनसक्छ भन्ने सोच थिएन्।

तर त्यही दशकमा वैज्ञानिक बाबु-छोरा लुईस र वाल्टर एवारेजले उल्का पिण्डको कारणले डाइनोसर लुप्त भएको अवधारणा अगाडि सारे।

जब मेक्सिकोको यूकटान प्राय:द्वीपमा एउटा ठूलो खाल्डो पत्ता लाग्यो, त्यसपछि वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूहले पनि हालै त्यो अवधारणाको समर्थन गरेका छन्।

उल्का पिण्डसँग ठोक्किएर हुने विनाशको सम्भावना टाढा भए पनि तुलनात्मक रुपमा हामी आफैँले त्यसको खतरा निम्त्याइरहेका छौँ।

प्रजाति
तस्बिरको क्याप्शन,समयसँगै जीवका अन्य प्रजाती लोप भएका छन्

जनसङ्ख्याको अतिवृद्धि, स्रोतको क्षय र जलवायु परिवर्तन

जलवायु परिवर्तनका कारण आउने खतरासँग हामी परिचित छौँ तर लण्डन विश्वविद्यालयका शोधकर्ता करिन हुल्हेमनले जनसङ्ख्या वृद्धिमाथि आफ्नो ध्यान लगाएकी छन्।

घट्दो प्राकृतिक संसाधनबारे सायदै चर्चा छ किनभने हामीलाई त्यो नराम्रो लाग्छ र नराम्रा कुराहरू हामी सोच्नै चाहदैनौँ।

करिनका अनुसार जलवायु परिवर्तनमा जनसङ्ख्या वृद्धिको खास असर छ। किनभने संसाधन दोहन पनि बढिरहेकोले त्यो सकिँदै छ।

जनसङ्ख्या वृद्धि नरोकिएसम्म जलवायु परिवर्तन रोक्नु भनेको असम्भव कुरा हो।

जनसङ्ख्याको वृद्धि
तस्बिरको क्याप्शन,शोधकर्ताका अनुसार जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनमा खास सम्बन्ध छ

जैविक विविधताको विनाश

केही शोधकर्ताका अनुसार यो शताब्दीको मध्यतिर पुग्दा व्यवसायिक माछा पालनका लागि समुद्रमा पर्याप्त माछा बाँकी रहने छैनन्।

यसको मतलब पसलहरूमा किन्नका लागि माछा वा त्यसको तरकारी पाइने छैन।

किरा फट्याङ्ग्रा पनि तीव्ररूपमा हराइरहेका छन् र आहारका लागि किरा फट्याङ्ग्रामा निर्भर चराका प्रजातिहरू पनि कम हुँदैछन्।

करिन भन्छिन्: “नासिँदै गएका जैविक विविधताको असर के हुन्छ भन्ने बारेमा हामीलाई थाहा छैन तर यस्तो लाग्छ यसको सबैभन्दा नराम्रो असर हामीलाई पर्नेवाला छ।”

माहुरी
तस्बिरको क्याप्शन,माहुरीको सङ्ख्यामा आएको कमीले खतराको सङ्‍केत गरिसकेको छ

महामारी

क्याम्ब्रिजको सेन्टर फर एक्सटेन्सियल रिस्कसँग जोडिएकी ललिथा सुन्दरम् जैविक विविधताको खतराबारे अध्ययन गरिरहेकी छन्।

उनी भन्छिन्: सन् १९१८ मा स्प्यानिश फ्लूको महामारीका बेला गरिएको एउटा अनुमान अनुसार करिब आधा जनसङ्ख्या यसको चपेटामा परेका थिए र पाँचदेखि १० करोड मानिसको ज्यान गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here