बारा ।बारामा बम विष्फोट तथा फिरौती लगायतका अपराधिक घटनामा संलग्न एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।

बाराको परवानीपुर गाउँपालिका–४ स्थित इँटा उद्योगमा बम विस्फोट गराएको घटनामा फरार अभियुक्त ३६ वर्षीय कपिलदेव महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

बाराको परवानीपुर गाउँपालिका–४ स्थित एमएस इँटा उद्योगका सञ्चालकसँग एक वर्षअघि सोही ठाउँ बस्ने ३१ वर्षीय प्रमोद साह गोढको समूहले १५ लाख फिरौती मागेको थियो । फिरौती रकमदिन अस्वीकार गरेपछि उनीहरूले इँटा उद्योगमा बम विस्फोट गराएका थिए ।

बम विस्फोटपछि उनीहरूले फिरौती रकम नदिए परिवारलाई पनि खतरा हुने धम्की दिँदै तीन लाख रुपैयाँ लिएर परवानीपुरकै चैनपुर भन्ने स्थानमा आउन सञ्चालकलाई भनेका थिए ।

फिरौती रकम लिन जाने परवानीपुर–४ का प्रमोद साह गोढ, देवशंकर राम, जीतपुर सिमरा–२० बस्ने अच्छेलाल गोसाई र फेटा गाउँपालिका–३ बस्ने दीपेन्द्रकुमार धानुकलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।

तर, सोही समूहमा संलग्न महतो फरार भएका थिए । उनी पुनः नेपाल पर्केर लुकिछिपी आपराधिक गतिविधिमा संलग्न भएको सूचना प्रहरीले पाएको थियो । विशेष सूचनाको आधारमा महतोलाई मंगलबार राति परवानीपुरस्थित घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here