जनकपुरधाम, असोज ८ गते । नेपाल रेल्वे कम्पनीमा कर्मचारी भर्ना प्रक्रिया रद्द नभएको रेल्वे विभागका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।

यसअघि एक संचारमाध्यममा प्रकाशन भएको प्रदेश २ मा कर्मचारी भर्ना प्रक्रिया रद्द भएको समाचार भ्रामक रहेको उनले बताए । उनले भने, ‘नेपाल रेल्वे कम्पनिको भर्ना प्रकृया रद्द भयो भनेर २ नम्बर प्रदेशमा हल्ला फिजाइएको छ ।’

‘कोही कुनै भ्रममा नपर्नुहोला, भर्ना प्रकृया रद्द भएको छैन र हुनु पर्ने कुनै कारण पनि छैन । आबेदन दिनुहुने साथीहरु तथा आबेदन दिने प्रकृयामा रहनु भएका साथीहरुको भावना भड्काउने एस्ता खालका भ्रमको पछी नलाग्न म सबैलाई आग्रह गर्न चाहन्छु’, उनले समाजिक सञ्जाल मार्फत भने ।

कोरोना महामारीका कारण रेल सञ्चालन अनिश्चित भएको र कर्मचारी नियुक्ति गर्दा खर्च बढ्ने तर रेल नचल्ने भएकाले नेपाल रेलवे कम्पनी लिमिटेडले तत्काल कर्मचारी नियुक्ति नगर्ने भनी समाचार प्रकाशित भएको थियोे ।

रेल्वे विभागले विभिन्न पदका लागि १२९ जना कर्मचारी करारमा भर्ना गर्ने आवेदन यही असोज १२ गते सम्मका लागि आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here