सप्तरी, असोज ८ गते । सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी एक पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो ।

गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए ।

स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको हो । मृत्यु भएका पुरुष प्रमुख जिल्ला अधिकारीको निवासमा खाना पकाउने काम गर्थे । उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । यता विगत केही दिनदेखि लकडाउन र निषेधाज्ञा खुकुलाे गरेपछि बजारमा सवृसाधारणकाे चहल पहलमा बृद्धि भएपछि काेराेना संक्रमितकाे सङ्ख्यामा वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here